

नयाँ विकल्प
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आएर राजसंस्था र पूर्वराजाहरुसँगै आफू उभिएको तस्वीर सार्वजनिक गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।
२०५९ साल असोज १८ को तत्कालिना राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदमदेखि हालसम्मको राजनीतिक प्रणालीमा कांग्रेसले अँगालेको कार्यदिशाको स्वामित्व ग्रहण गर्दै आएका नेता पौडेलले पार्टीको महाधिवेशनको मुखमा आएर यस्तो तस्वीर सार्वजनिक गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका हुन् ।
कांग्रेसले राजाको प्रतिगमनकारी कदम र शाही शासनको कदमको विरोधदेखि १२ बुँदे समझदारी, ०६२÷०६३ को शान्तिपूर्ण आन्दोलन, प्रतिनिधिसभाको पुनस्र्थापना, बृहत शान्ति सम्झौतादेखि संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा लिएको अडानमा पौडेलको समेत स्वामीत्व छ ।
आफ्नो अडान र स्वामित्व लिँदा र लिने प्रक्रियामा जिम्मेवारीमा रहेका पौडेलले बिना प्रसंग र घटना क्रममा एक्कासी पूर्वराजाहरुको तस्वीर सार्वजनिक गरेपछि यसलाई रहस्यमय घटनको रुपमा हेरिएको छ ।
पार्टीको १३ औं महाधिवेशनमा आफू कार्यवाहक सभापतिको हैसियतमा रहेर संस्थापन पक्षको समर्थनमा सभापतिमा उम्मेदवार बनेर पराजित भएका पौडेललाई पुरानो संस्थापन पक्षले पुन सभापतिमा उम्मेदवार बनाउने सम्भावना कठीन हुँदै गएको छ ।
यस्तो चुनौतिपूर्ण घडिमा राजसंस्था र पूर्वराजसँग आफ्नो सम्वन्ध देखाउनकै लागि यस्तो तस्वीर सामाजिक सञ्जालमा हाल्न पुगेको धेरैको बुझाई छ । पौडेलले भदौ १८ गते विहान करिव सवा आठ बजे सामाजिक सञ्जाल फेसवुकमा यस्तै तस्वीर र भनाई पोष्ट गरे ।
पूर्वराजा बीरेन्द्र तथा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी ऐस्वर्य र पूर्वयुवराज दीपेन्द्र शाहसँगै आफू पनि उभिएको तस्वीर पौडेलले पोष्ट गरेका छन् ।
पार्टीको महाधिवेशनमा आफूलाई दोश्रो पुस्ताका नेताहरुले चुनौति दिएको, हिन्दु धर्म र राजसंस्थाप्रति आस्था राख्ने पार्टी कार्यकर्ताले विरोध गरेको, मित्र राष्ट्र भारतको समर्थन र सहयोग नपाएको गुनासो आफू निकटका नेतासमक्ष पौडेलले गर्दै आएका छन् ।
पौडेल राजतन्त्र विरोधी र गणतन्त्रको कट्टर समर्थक, केन्द्रीकृत शासन प्रणालीको विरोधी र संघीयताको समर्थकको रुपमा चिनिन्छन् । राजनीतिक परिवर्तनमा सक्रिय भूमिका खेलेका उनको यस्तो धारणा कतै राजसंस्थाप्रति निकट देखाउन आएको त होइन ? भन्ने आशंका राजनीतिक बृत्तमा छाएको छ ।
पार्टी महाधिवेशनमा राजनीतिक मसलाको रुपमा बलियो देखाउन उनले राजाबादी र राजसंस्था समर्थकको समर्थन र सहयोग लिन समेत यस्तो बिचार अघि सारेको हुनसक्ने उनी निकट एक केन्द्रीय सदस्यले बताए ।
पौडेलले अनौपचारिक रुपमा भने हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता बनाएकोमा भने त्रुटि भएको भन्ने गरेका छन् ।
पौडेलले पोष्ट गरेको फेसबुक स्टाटसमा भनिएको छ – ‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ ! पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुदैन ।’
पौडेलले यो स्टाटस राख्नुको सन्दर्भ भदौ १८ मा केही पनि थिएन । तर, उनले देशको एकीकरणमा योगदान दिएका पृथ्वीनारायण शाह र नागरिक अधिकारको लागि आवाज उठाउने मुलुकका प्रथम शहिद लखन थापाको पहिचानको चिन्ता किन र कुन सन्दर्भमा गर्नु परेको भन्ने स्पस्ट छैन् ।

पृथ्वीनारायण शाह र लखन थापाको पहिचान मेटाउन हुन्न भन्ने आशय व्यक्त गरेको पौडेलले तस्वीरमा भने पूर्वराजा स्वर्गीय बीरेन्द्रले उद्घाटन गर्दै गर्दा तत्कालिन सभामुखको हैसियतमा छेउमै उभिएर तालि बजाउँदै गरेको देखिन्छ ।
पौडेलले पोष्ट गरेको फेसबुक स्टाटसमा पाँच सय २६ बढीको कमेन्ट छ भने दुई सय ४० बढीले उनको स्टाटसलाई सेयर गरेका छन् । यो सामाग्री पोष्ट भएसगै राजनीतिक वृतमा निकै तरङ उत्पन्न भएको छ ।
सो फेसवुक स्टाटस पौडेलको आधिकारिक हो । उनले त्यो स्टाटसको बारेमा भने कुनै गुनासो गरेका छैनन् । पौडेल निकट एक नेताका अनुसार पौडेलले यस्तो स्टाटस हाल्नुको खास कारण पार्टी कार्यकर्ता र नेताबाट कस्तो प्रतिक्रिया आउँछ भनेर नै हो ।
पौडेलले आफ्नो सम्वन्ध र प्रभाव पूर्वराजसंस्था र पूर्वराजासँग पनि रहेको देखाउन यस्तो तस्वीरसहित स्टाटस पोष्ट गरेका हुन् ।
पार्टीका दोश्रो पुस्ताका नेताहरु महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला नै आफ्नो समूहबाट तथा तेश्रो धारबाट कृष्णप्रसाद सिटौला सभापतिमा प्रतिष्पर्धी हुने घोषणा गरेपछि उनले आफ्नो पक्षमा जनमत बटुल्न यस्तो गरेको हुनसक्ने धेरैको अड्कलबाजी छ ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...