सर्वोच्चबाट टुंगिएपछि मात्र रविविरुद्धको आरोपपत्र संशोधन निवेदन पेस गर्न आदेश – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सर्वोच्चबाट टुंगिएपछि मात्र रविविरुद्धको आरोपपत्र संशोधन निवेदन पेस गर्न आदेश

रुपन्देही : जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पेस भएको आरोपपत्र संशोधनसम्बन्धी निवेदन सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनको टुंगो लागेपछि मात्र पेस गर्न सरकारी वकिललाई आदेश दिएको छ ।

आरोपपत्र संशोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाले त्यससम्बन्धी अन्तरिम तथा अन्तिम आदेशको निर्णय भएपछि मात्रै जिल्ला अदालतले सरकारी पक्षबाट आएको निवेदनमाथि सुनुवाइ गर्ने जनाएको हो ।

रुपन्देही जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेकी थिइन् । तर सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् राखिएको छ ।

लामिछानेविरुद्ध रुपन्देहीसहित कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन् ।

महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले माघ २ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ माघ १५, १६: ५७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ माघ १५, १६: ५७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ माघ १५, १६: ५७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...