
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख २ गते बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि उनले बताए ।
कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयनका लागि कार्यसम्पादन समितिमा छलफल गर्नेछ ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...