संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको छ ।

यसका लागि गठित निर्वाचन संयन्त्रले सांसदहरूलाई औपचारिक बैठकमा सहभागी हुन आह्वान गरेको हो ।

निर्वाचन व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइलीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत निर्वाचित सदस्यहरूलाई छलफलमा उपस्थित हुन आग्रह गरेका छन् ।

उक्त बैठक आज दिउँसो ३ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने तय गरिएको छ ।

यसअघि पार्टीले चैत ४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका तय गरेको जानकारी सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ बैशाख ४, १२: ३५

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ बैशाख ४, १२: ३५

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०८३ बैशाख ४, १२: ३५

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...