गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल अघि बढाउन सरकारसमक्ष माग गरेको छ ।

पार्टीका प्रवक्ता देवराज चालीसेले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन तत्काल अघि बढाउन माग गरेका हुन् । यस विषयलाई ढिलाइ, प्रभाव वा ढाकछोपतर्फ लैजाने प्रयासले सुशासन र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी पनि दिइएको छ ।

गृहमन्त्री गुरुङविरुद्ध विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ ।

पछिल्लो समय गृहमन्त्रीसँग जोडिएको प्रकरणले सार्वजनिक चासोसँगै राजनीतिक नैतिकता र पारदर्शितामाथि प्रश्न उठाएको कांग्रेसको ठहर छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्न सक्ने आशंका रहने भएकाले स्वतन्त्र र प्रभावरहित छानबिनको वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ बैशाख ७, १३: २२

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०८३ बैशाख ७, १३: २२

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख ७, १३: २२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...