अमेरिकाविरुद्ध नेपालको जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

अमेरिकाविरुद्ध नेपालको जित

काठमाडौं : आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गतको खेलमा घरेलु टोली नेपालले अमेरिकाविरुद्ध सानदार जित हासिल गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा बनाउँदै अलआउट भयो । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले १२ रन बनाए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले बनाएको यो योगफल अहिलेसम्मकै सर्वाधिक हो । यसअघि नेपालले २०२३ मा त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध ३१० रन बनाएको थियो ।

नेपालका लागि डा. ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ईशानले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्रले ५९ रन बनाए । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।

अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए भने रुसिल उगारकर र मिलिन्द कुमारले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८३ जेष्ठ ८, १७: २६

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८३ जेष्ठ ८, १७: २६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८३ जेष्ठ ८, १७: २६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...