सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार महिनाको तेस्रो सातादेखि प्रमाणपत्र वितरणको काम सुरु गर्ने जानकारी दिएकी छन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री रावलले भूमिहीन व्यवस्थापनसम्बन्धी कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठकमा सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने सरकारको योजना स्पष्ट पार्न माग गरेका थिए । उनले काठमाडौँसहित विभिन्न क्षेत्रमा रहेका भूमिहीन नागरिकको व्यवस्थापन, बसोबास र वैकल्पिक व्यवस्था सम्बन्धी विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

साम्पाङले विस्थापित गरिएका सुकुम्वासीलाई राखिएको अस्थायी व्यवस्थापन केन्द्रको अवस्था र त्यहाँको सेवा सुविधामाथि समेत प्रश्न उठाउँदै नागरिकको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखेका थिए ।

जवाफमा मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक तयारी अघि बढिसकेको बताइन् । उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले संरचनागत रूपमा काम गरिरहेको उल्लेख गरिन् ।

मन्त्री रावलका अनुसार विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको प्रक्रिया अहिले भूमि सम्बन्धी समितिमार्फत अघि बढाइएको छ । सोही संयन्त्रबाट सुकुम्वासी र भूमिहीन नागरिकको व्यवस्थापन तथा जग्गासम्बन्धी काम अगाडि बढाइने उनले बताइन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ असार ३, १९: १८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ असार ३, १९: १८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ असार ३, १९: १८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...