
काठमाडौँ : श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई उपस्थित गराउन माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वालेन्द्र शाह (बालेन) सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री उपस्थित हुनु पर्ने बताए ।
‘मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि छलफल गर्ने भनिएको छ, रक्षा मन्त्रीलाई मैले यहाँ देखेको छैन, उहाँलाई बोलाइयोस्,’ उनले सभामुख डोलप्रसाद अर्याललाई आजको प्रतिनिधि सभा बैठकमा बोल्दै आग्रह गरे।
साथै उनले प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पार्टीको माग कायमै रहेको बताए। रक्षा मन्त्रालय प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले आफै राखेका छन् ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...