ई-पासपोर्ट खरिद प्रकरण : आरजु पनि तानिइन् अनुसन्धानमा, अख्तियारले बोलायो बयानमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ई-पासपोर्ट खरिद प्रकरण : आरजु पनि तानिइन् अनुसन्धानमा, अख्तियारले बोलायो बयानमा

काठमाडौं : ई-पासपोर्ट खरिदमा भएको झन्डै एक अर्ब रुपैयाँको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि अनुसन्धान सुरु गरेको छ ।

अख्तियारको टोलीले बुधबार बयानका लागि उपस्थित हुन भन्दै उनको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ ।

देउवा दम्पती विगत केही समयदेखि उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका उनीहरूको अनुपस्थितिमा स्थानीय जनप्रतिनिधिको रोहवरमा म्याद टाँसिएको हो ।

राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहितका पदाधिकारीहरूसँगको मिलेमतोमा योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिलाएर राज्यलाई नोक्सानी पुर्‍याएको उनीमाथि आरोप छ ।

अख्तियार स्रोतका अनुसार यस सेटिङमा आरजुका छोरा जयवीर देउवा समेत संलग्न रहेको भनी परेका उजुरी र प्राप्त प्राविधिक प्रमाणका आधारमा उनीहरूलाई अनुसन्धानको दायरामा ल्याइएको हो ।

यो प्रकरणमा हालसम्म राहदानी विभागका महानिर्देशक अर्यालसहित चार जना पक्राउ परिसकेका छन् भने अन्य ४० जनामाथि छानबिन भइरहेको छ ।

अख्तियारले अर्को साताको सुरुवातमै यो मुद्दाको टुंगो लगाउने गरी जनशक्ति थपेर अनुसन्धानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले अनुसन्धानमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएपछि यस प्रक्रियाले गति लिएको बताइएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ असार ४, १६: ०७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ असार ४, १६: ०७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ असार ४, १६: ०७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...