सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका छन् । हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य नेतृत्वको टोली मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक नियम उल्लंघनसम्बन्धी चिट काट्दै जरिवाना असुल गरेको हो । ट्राफिक प्रहरीले जारी गरेको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहले आफ्नै निवास परिसरमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको थियो । उक्त भिडियो मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका थिए ।

कारबाहीपछि पत्रकारसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरे । उनले कानुन सबैका लागि समान हुने भएकाले नियमअनुसार आफूलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई स्वयं आग्रह गरेको बताए ।

उनले ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै विभेद हुन नहुने उल्लेख गरे ।

मुख्यमन्त्री शाहले ट्राफिक नियमको पूर्ण पालना गर्न सबै नागरिकलाई समेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०८३ असार १८, १२: ३३

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०८३ असार १८, १२: ३३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०८३ असार १८, १२: ३३

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...