
काठमाडौं : नागार्जुन नगरपालिका–१०, स्युचाटारस्थित अमर ज्योति माध्यमिक विद्यालयले आफ्नो ४२औं वार्षिकोत्सव, अभिभावक दिवस, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुरेश प्रसाद जोशीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, शिक्षक सम्मान तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामकृष्ण भट्टराई र पूर्वसदस्य मखन पन्तलाई विद्यालयप्रतिको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। यस्तै, विद्यालयमा अक्षयकोष स्थापना गर्ने गोविन्दबहादुर भट्टराई तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र नवसृजनात्मक कार्यमा सहयोग पुर्याएको भन्दै रोटरी क्लब अफ काष्ठमण्डपको भगिनी संस्था क्यान हेल्प नेपालका शिक्षा प्रमुख प्रभा राजभण्डारीलाई पनि सम्मान गरिएको थियो।

विद्यालयमा कार्यरत शिक्षक विष्णुमाया शर्मा, गायत्री पौडेल, आशारानी तामाङ र अञ्जु रोकालाई समेत उत्कृष्ट योगदानका लागि सम्मान गरिएको कार्यक्रममा डा. विवेक विक्रम खत्री अक्षयकोषका ट्रष्टी डा. प्रज्ञा चालिसे खत्रीले विभिन्न कक्षामा प्रथम हुने विद्यार्थीलाई नगद पुरस्कार र ट्रफी प्रदान गरेका थिए।

विद्यालयमा विभिन्न व्यक्ति तथा संस्थाका नाममा स्थापना गरिएका अक्षयकोषमार्फत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। साथै, विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुन्दर पन्तले विद्यालयको शैक्षिक तथा आर्थिक गतिविधिबारे जानकारी गराएका थिए। विशिष्ट अतिथि नागार्जुन नगरपालिकाका शिक्षा अधिकारी कृष्णबहादुर कुँवर, पूर्वअध्यक्ष रामकृष्ण भट्टराई, सहायक प्रधानाध्यापक राम रोका तथा प्रमुख अतिथि सुरेश प्रसाद जोशीले गुणस्तरीय, नैतिक, संस्कारयुक्त, योग तथा व्यावसायिक शिक्षाको आवश्यकता र महत्वबारे जोड दिएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरबहादुर केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...