एसियन गेम्स क्रिकेट : नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

एसियन गेम्स क्रिकेट : नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने

काठमाडौं : जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेट प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ । बिहीबार सम्पन्न ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । जसअनुसार नेपालले टेस्ट राष्ट्र अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । प्रतियोगिताको ढाँचाअनुसार दुवै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । यसअघि नै भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । समूह चरणबाट छनोट हुने चार टोलीले ती चार बलिया राष्ट्रसँग अन्तिम आठको चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यसअघि सन् २०२२ मा चीनमा सम्पन्न एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । उक्त चरणमा भने नेपाल भारतसँग पराजित भएको थियो । यसपटक नेपालले सिंगापुरमा सम्पन्न छनोट प्रतियोगितामा अपराजित रहँदै एसियन गेम्समा स्थान सुरक्षित गरेको हो ।

एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर २४ देखि सुरु हुनेछ । क्रिकेटका सबै खेलहरू जापानको आइची क्षेत्रमा आयोजना गरिने तय भएको छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०८३ श्रावण ७, १४: ०५

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०८३ श्रावण ७, १४: ०५

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०८३ श्रावण ७, १४: ०५

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...