संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा मोर्चाले शनिबार बुझाएको १३ बुँदे मागपत्रमा संशोधन गर्दै थप ६ वटा माग समावेश गरेको हो।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले थप गरिएका मागहरूप्रति सकारात्मक धारणा व्यक्त गर्दै काठमाडौं फर्किएपछि ती मागहरूको कार्यान्वयनका लागि आवश्यक पहल गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि शनिबार दुई चरणमा भएको छलफलमा संयुक्त हिन्दू मोर्चाले गृहमन्त्रीलाई १३ बुँदे मागपत्र बुझाएको थियो। तर केही माग स्पष्ट नभएको तथा थप विषय समेट्नुपर्ने भन्दै हिन्दूवादी युवाहरूले असन्तुष्टि जनाएका थिए।

सोही मागलाई स्पष्ट पार्ने र नयाँ विषय समावेश गर्ने उद्देश्यले गृहमन्त्री गुरुङले आइतबार बिहान पुनः वार्ताका लागि आह्वान गरेका थिए। वार्तापछि संशोधित मागपत्रमा थप ६ बुँदा समावेश गरिएको जनाइएको छ।

सम्बन्धित समाचार

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८३ श्रावण १७, १७: २५

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
  • २०८३ श्रावण १७, १७: २५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
  • २०८३ श्रावण १७, १७: २५

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी...