
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक बसको ठक्करपछि एक यात्रुवाहक कार सुनकोसी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायातको बससँग ठोक्किएपछि कार नदीमा खसेको हो। प्रत्यक्षदर्शीहरूले बसको ठक्करपछि कार सीधै सुनकोसी नदीमा खसेको बताएका छन्।
प्रहरीका अनुसार कारमा एक जना निर्माण व्यवसायी, एक जना अपरेटरसहित तीन जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरूको अवस्था भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासीको संयुक्त टोलीले नदीमा खोज तथा उद्धार कार्य जारी राखेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...
काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...
काठमाडौं : नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ । राजदूत रिक्त...