सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताएकी छन् ।

प्रतिनिधिसभामा प्रस्तुत सुकुम्वासीको व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्त्वका प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुकुम्वासी पहिचान तथा जग्गा वितरणमा तीनै तहका सकारको भूमिका महत्वपूर्ण हुने बताइन् ।

मन्त्री रावलले यस काममा केही स्थानीय तहबाट अपेक्षाकृत सहयोग प्राप्त नभएको गुनासोसमेत गरिन् । उनले सुकुम्वासीलाई जग्गा वितरण गर्न विभिन्न समयमा गठन गरिएकामध्ये पछिल्ला तीन वटा आयोगका खर्च मात्र रु दुई अर्ब ११ करोड भएको जानकारी दिइन् । उनले गत जेठ १९ गतेदेखि सुकुम्वासीलाई लालपुर्जा वितवरण गर्न सुरुवात गरिएको जानकारी दिइन् ।

यसअघि बैठकमा भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको व्यवस्थापनसम्बन्धी सार्वजनिक महत्त्वका विषय प्रस्तुत गरी छलफल भएको थियो । प्रस्तावमाथिको छलफल भाग लिँदै सांसदहरूले तीनै तहका सरकार, संसद् र राजनीतिक दलहरू मिलेर भूमिहिन सुकुम्वासीका समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

सांसहरूले भूमिहिनलाई जग्गा, आवास र लालपुर्जा दिने विषय तीनै तहका सरकार, संसद् र राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै वास्तविक सुकुम्वासी र भूमिहिन नागरिकहरूले राज्यबाट न्याय पाउनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२’ पेस गरेकी थिइन् । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार

बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
  • २०८३ श्रावण १९, १९: २०

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु...

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
  • २०८३ श्रावण १९, १९: २०

काठमाडौं : नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।...

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
  • २०८३ श्रावण १९, १९: २०

काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...