भारतको सहयोगमा काभ्रेमा विद्यालय भवन निर्माण सुरु – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

भारतको सहयोगमा काभ्रेमा विद्यालय भवन निर्माण सुरु


काठमाडौं : भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

आयोजित कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीयस्तर आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) का परियोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको पनि सहभागिता रहेको थियो ।

करिब ५ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा निर्माण हुन लागेको हो । निर्माण हुने भवनमा दुई ब्लक रहनेछन्, जसमा सातवटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष तथा छुट्टाछुट्टै सरसफाइ सुविधा रहने जनाइएको छ ।

कार्यक्रममा परियोजना निर्देशक भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले प्रदान गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोगको प्रशंसा गरे ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै गुणस्तरीय सिकाइ वातावरण निर्माणका लागि विद्यालय पूर्वाधारको स्तरोन्नति आवश्यक रहेको बताए ।

भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले भारत सरकारको अनुदान सहयोगमा नेपालमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाबारे जानकारी दिँदै उक्त परियोजनाले नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

भारतीय दूतावासका अनुसार यो परियोजनाले भूकम्पपछिको पुनर्निर्माण तथा नेपालको शैक्षिक पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई समेत सहयोग पुर्‍याउनेछ ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण २१, ०७: ४९

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण २१, ०७: ४९

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ श्रावण २१, ०७: ४९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...