रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर वन्यजन्तु (मृग) लाई जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो। दुर्घटनापछि ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ (बारा) र सुरक्षा बेस सन्तपुर (रौतहट) बाट उद्धार तथा आगलागी नियन्त्रणका लागि टोली परिचालन गरिएको थियो। नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। यद्यपि, पेट्रोल बोकेको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ श्रावण २१, १०: ०३

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण २१, १०: ०३

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण २१, १०: ०३

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...