
काठमाडौं : बागमती प्रदेश सरकारले तेक्वान्दो खेलाडीको प्रशिक्षण तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई अत्याधुनिक खेलकुद सामग्री र इलेक्ट्रोनिक सेन्सर प्रणाली उपलब्ध गराएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश सरकारले उपलब्ध गराएको खेलकुद सामग्री तथा सेन्सर प्रणाली तेक्वान्दो संघका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो ।

अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगितामा इलेक्ट्रोनिक सेन्सर प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा प्रदेशका खेलाडीलाई सोही प्रविधिमा आधारित प्रशिक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले सामग्री प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।
आधुनिक प्रविधिको प्रयोगले खेलाडीलाई प्रतियोगिताको वास्तविक वातावरणअनुसार अभ्यास गर्न तथा प्रहारको प्रभावकारिता, अंक प्राप्ति र खेल प्रदर्शनसम्बन्धी पक्षमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट बागमती प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप प्रभावकारी रूपमा तयार पार्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताए । खेलाडीको क्षमता विकाससँगै उनीहरूलाई आवश्यक खेल सामग्री, पूर्वाधार र प्रशिक्षणको वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
नयाँ प्रविधि र आवश्यक खेल सामग्रीको उपलब्धताले बागमती प्रदेशका तेक्वान्दो खेलाडीको प्रशिक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।





काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...