रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ ।

पार्टीका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार, यो कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ । केन्द्रीय कार्यालयमा उपस्थित भई मन्त्रीहरू नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन् । यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास पार्टीले लिएको छ ।

रास्वपाले यस कार्यक्रमलाई प्रत्येक पटक दुई चरणमा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ ।

पहिलो चरणमा नागरिक संवाद साँझ ५ देखि ६ बजेसम्म गरिनेछ । यो एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ । यस चरणमा सम्बन्धित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्ने र यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत पुग्ने आशा गरिएको रास्वपाले जनाएको छ ।

दोस्रो चरणमा नेतृत्व संवाद साँझ ६ बजेपछि गरिनेछ । जसमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ । यस बैठकमा पहिलो चरणको ‘नागरिक संवाद’ बाट प्राप्त भएका सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा सघन छलफल गरिने रास्वपाले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २४, १५: ०८

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २४, १५: ०८

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २४, १५: ०८

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...