विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्ति समावेशी बनाउन मन्त्री पुनको जोड – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्ति समावेशी बनाउन मन्त्री पुनको जोड

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल भएको छ ।

छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशी सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मन्त्री पुनले भविष्यलाई समेत ध्यानमा राखेर विधेयकमै समावेशी नियुक्तिको व्यवस्था राख्नुपर्ने धारणा व्यक्त गरे । यद्यपि, अहिले सरकारी संयन्त्रमा समावेशी प्रतिनिधित्व प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले यसको व्यवहारिक पक्षमा चुनौती रहेको बताए ।

राष्ट्रिय सभाबाट आएको विधेयकमा समावेशी प्रावधान समेट्नुपर्ने उल्लेख गर्दै उनले यसको कार्यान्वयन क्रमशः प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गरे ।

बैठकमा मन्त्री पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्तिबारे पनि स्पष्ट व्यवस्था गर्नुपर्ने बताए । उनका अनुसार प्रयोगशालाका लागि प्राविधिक तथा प्रयोगशाला सञ्चालनसँग सम्बन्धित कर्मचारी, प्रशासनिक कर्मचारी र सरसफाइका लागि आवश्यक जनशक्ति पर्याप्त हुनेछन् ।

प्रयोगशाला निर्माण वा श्रमदानजस्ता काममा थप जनशक्ति आवश्यक पर्न सक्ने भए पनि नियमित सञ्चालनका लागि ठूलो संख्यामा कर्मचारी आवश्यक नपर्ने मन्त्री पुनको भनाइ थियो ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २५, १४: २५

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २५, १४: २५

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २५, १४: २५

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...