पौडेल वंश महासंघ नेपालद्वारा कास्कीका संस्थापक अध्यक्ष प्रा. चतुर्भुज शर्मा पौडेल सम्मानित – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

पौडेल वंश महासंघ नेपालद्वारा कास्कीका संस्थापक अध्यक्ष प्रा. चतुर्भुज शर्मा पौडेल सम्मानित

पोखरा । पौडेल वंश महासंघ नेपालले कास्की जिल्लाका संस्थापक अध्यक्ष एवं विद्वत् शिरोमणि प्राध्यापक चतुर्भुज शर्मा पौडेललाई विशेष सम्मान गरेको छ।

पौडेल वंश महासंघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यतामा प्रा. चतुर्भुज शर्मा पौडेललाई सम्मानपत्र प्रदान गर्नुका साथै रुद्राक्षको माला पहिराएर सम्मान गरिएको हो।

पौडेल वंशका सदस्यहरूलाई आपसी बन्धुत्व, सामाजिक एकता र सद्भावको भावनामा आबद्ध गराउँदै धर्म, संस्कार, संस्कृति, राष्ट्रिय पहिचान तथा वैदिक सनातन संस्कारयुक्त समाज निर्माण गर्ने उद्देश्य महासंघले लिएको केन्द्रीय अध्यक्ष हरिराम पौडेलले बताउनुभयो।

संस्थाका गतिविधिमा विशेष योगदान पुर्‍याउने बन्धुहरूलाई विभिन्न अवसरमा सम्मान तथा पुरस्कृत गर्ने परम्पराअनुसार प्राध्यापक चतुर्भुज शर्मा पौडेललाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो।

प्राध्यापक पौडेलको चौरासी पूजाको अवसर पारेर उहाँकै निवासमा पुगेर महासंघले सम्मान गरेको हो। कार्यक्रममा महासंघका पदाधिकारी तथा जिल्ला कार्यसमितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै प्राध्यापक चतुर्भुज शर्मा पौडेलले आफूलाई गरिएको सम्मानप्रति गौरव अनुभूति भएको बताउनुभयो। उहाँले पौडेल वंश महासंघले अघि सारेका बन्धुत्व, एकता, सामाजिक सद्भाव र संस्कार संरक्षणका अभियानको प्रशंसा गर्दै संस्थाको अझ व्यापकता, उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। साथै, सम्मानका लागि महासंघको केन्द्रीय नेतृत्वदेखि जिल्ला कार्यसमितिसम्मलाई धन्यवाद व्यक्त गर्नुभयो।

महासंघले पौडेल वंशका अग्रज तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै सामाजिक एकता, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र ५, १८: ५०

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
  • २०८३ भाद्र ५, १८: ५०

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०८३ भाद्र ५, १८: ५०

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...