राजधानीमा ग्यास अभाव हुन नदिन बाहिरै सिलिन्डर भर्न थालियो – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

राजधानीमा ग्यास अभाव हुन नदिन बाहिरै सिलिन्डर भर्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरै सिलिन्डर भरेर पठाउन थालिएको छ ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न ग्यास उद्योगले अन्य उद्योगमार्फत सिलिन्डरमा ग्यास भरेर ट्रकबाट राजधानी पठाउन थालेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार मंगलबार चितवनस्थित बाबा ग्यासले श्री ग्यासका एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ ।

कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको आपूर्तिमा कमी नआएको बताए । सडक अवरुद्ध भएका कारण बुलेटमार्फत ग्यास सम्बन्धित उद्योगसम्म पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाइरहेको उनले जानकारी दिए ।

उनका अनुसार यसबाट काठमाडौंमा ग्यासको अभाव हुने अवस्था छैन । गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको र यो हालसम्मकै उच्च परिमाण भएको उनले बताए । सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा समस्या नहुने उनको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले पनि सडक अवरोधका कारण राजधानीमा ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र १८, ०९: ०५

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र १८, ०९: ०५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
  • २०८३ भाद्र १८, ०९: ०५

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ...