त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार

काठमाडौं : माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् । सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए । दुवैको अवस्था अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए । बाढीका कारण ठुलो जनधनको क्षति भएको छ । १ हजार २ सय बढीको शव फेला परेको छ भने ४ हजार २ सय बढी बेपत्ता छन् ।

सम्बन्धित समाचार

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०८३ भाद्र १९, ११: ३८

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०८३ भाद्र १९, ११: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०८३ भाद्र १९, ११: ३८

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...