
काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणको शिलान्यास गरिन् । पुल रु चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन् । अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।
पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङ पनि निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर २...
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–११, अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ...
काठमाडौं : व्यक्तिगत लाभ लिएको आरोप निराधार, बैंकिङ कारोबार नियमित र पारदर्शी रहेको जिकिर गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली...