
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र देखिएका मतभेद र नेतृत्व परिवर्तनका बहसलाई पूर्वाग्रहरहित ढंगले सम्बोधन गर्न आग्रह गरेका छन् ।
कांग्रेस इतिहासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै घिमिरेले अहिले व्यक्तिगत प्रतिष्ठा, आरोप–प्रत्यारोप र गुटगत हिसाबकिताबमा अल्झिने समय नभएको बताएका हुन् ।
उनले पुस्तान्तरण, नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणका आवाजलाई विरोधका रूपमा नभई औचित्य र आवश्यकताका आधारमा बुझ्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्रका सबै पक्षले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्दै गल्ती स्वीकार गर्न र संवादमार्फत विश्वासको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
विचार र विमतिका कारण आपसी सम्बन्ध तथा संगठनात्मक एकता कमजोर हुन नहुने उल्लेख गर्दै घिमिरेले परिवर्तनको चाहनालाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाभित्रै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार अहिलेको मुख्य सवाल कुनै व्यक्ति, समूह वा गुटको प्रतिष्ठाभन्दा पनि नेपाली कांग्रेसको भविष्य र मुलुकको लोकतान्त्रिक यात्रासँग जोडिएको छ ।
व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ सोच, ऊर्जा र रूपान्तरणको संकल्पसहित अघि बढ्नुपर्नेमा जोड दिँदै घिमिरेले संस्थागत सर्वोपरिता र विधिको निष्ठापूर्ण अभ्यासलाई सबैले आफ्नो दायित्व, कर्म र धर्मका रूपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गरेको १२ दिने चीन भ्रमण सम्पन्न गरेको छ।...
काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख...