
काठमाडौं : नेपाली कांग्रेस पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम र चिन्हको दुरुपयोग गर्न विरुद्ध कानुनी उपचार गर्ने बताएका हुन् । पार्टीको नाम, लेटरप्याड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय कांग्रेसको केन्द्रीय समितिले गरेको उनले जानकारी दिए ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिक नाम, लेटरप्याड, ब्यानर, झण्डा, छाप तथा चुनाव चिह्न रुखको दुरुपयोग गरिरहेको उनको आरोप छ । उनले केही व्यक्ति तथा समूहले पार्टीको महाधिवेशनका नाममा गरेका गतिविधिले पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको बताए । कांग्रेसको असोजमा भएको १५ औँ नियमित महाधिवेशनले निर्वाचित गरेको गगनकुमार थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति नै वैधानिक रहेकोले भ्रममा नपर्न उनले आग्रह गरे । उनले निर्वाचन आयोगलगायत सम्बन्धित अधिकारप्राप्त निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको पनि जानकारी दिए ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष...
काठमाडौं : नेपाली कांग्रेसले सरकारको पछिल्लो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध थप सशक्त प्रतिपक्षीय भूमिका...