
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार र पार्टी पदाधिकारीको बैठक बिहीबार बोलाइएको छ । तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने संयुक्त राज्य अमेरिकाको पेन्सेल्भिनियामा विगत एक सातादेखि रहँदै आएका छन् ।

प्रवक्ता शर्मा कात्तिक १२ गते संयुक्त राज्य अमेरिका गएका थिए । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ तारिखका दिने हुने राष्ट्रपतिय निर्वाचनको अबलोकन गर्न र नेपाली कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीसँग भेट गर्न शर्मा त्यता गएका हुन् ।

संयुक्त राज्य अमेरिका तर्फ नेपालबाट सँगै गएका साथिलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनदेख नेपाली मूलकका अमेरिकन नागरिक शिव साहको घरमा बस्दै आएका शर्माले अमेरिकामा विभिन्न वर्ग, क्षेत्र र पेशाका नेपालीलाई भेटेका छन् ।

शर्माले मंगलबार सामाजिक सञ्जाल फेसवुकमा ‘ट्रम्प –वाइडेन को जित्लान थाहा छैन तर, यति थाहा चै तपाईं हामीले जबर्जस्त ढंगले लिनै पर्छ कि कोरोना जित्न भने मास्क, भौती दूरी र सफाई यो ३ मन्त्ती अनिवार्य जप्नु छ, अनिवार्य पालना गर्नुपर्छ’ भनेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले अमेरिका भ्रमणको क्रममा नेपाल प्रेस युनियनका पूर्वमहासचिव तरुण पौडेलसँग पनि भेटेका छन् ।




काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...