अविश्वासको प्रस्ताव आउने संकेत पछि प्रधानमन्त्री ओली भनेः ‘म राजीनामा दिन्न’ ! – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

अविश्वासको प्रस्ताव आउने संकेत पछि प्रधानमन्त्री ओली भनेः ‘म राजीनामा दिन्न’ !


नयाँ विकल्प
काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको बताए।

‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो,’ बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ?’ अहिले आफूले राजीनामा दिन नमिल्ने पनि उनले बताए।

‘मैले अहिले राजीनामा दिन मिल्छ?,’ उनले भने, ‘अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’ जनताको आवश्यकताले आफू प्रधानमन्त्री भएको पनि उनले बताएका छन्। ‘व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो।

ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन। केही हुनेवाला छैन,’ उनले भने, ‘भित्र-बाहिर अनेक कोसिस त भए। जेमा पनि आलोचना गर्ने? देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभई काम गर्नुपर्छ।’

उनले स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने प्रधानमन्त्रीको भनाइ छ। सत्तारुढ नेकपा भित्र अहिले प्रधानमन्त्री ओली अल्पमतमा छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा उभिएपछि ओली पार्टीको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमा समेत अल्पतमा परेका छन्।

उनले केहि दिन अघि मात्र प्रचण्डसँगको भेटमा पार्टी अलग अलग बनाउन प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए। ओली र प्रचण्डको दुरि बढिरहँदा नेकपा भित्र प्रधानमन्त्री ओली विरुद्ध पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव आउने अड्कलबाजी चलिरहेको छ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक १९, १४: ४८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक १९, १४: ४८

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक १९, १४: ४८

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...