
नयाँ विकल्प
कैलाली -अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् । कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका थिए ।
घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ । प्रहरीको हत्यापछि तस्करले मटर भारत पुराएका थिए । कार्तिक १ गते बेपत्ता भएका असईको विकको शव २ गते र प्रहरी जवान साउदको शव ४ गते फेला परेको थियो । दुवै जनाको शव विभत्स ढंगले हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । हत्यामा संलग्न भएका ८ जनालाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको प्रहरीले जनाएकाे छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...