भारतीय सेनाध्यक्ष नरवणेले नेपाली सेनाकाे जङ्गी अड्डामा विहीबार के के गरे ? ( फाेटाे फिचर ) – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

भारतीय सेनाध्यक्ष नरवणेले नेपाली सेनाकाे जङ्गी अड्डामा विहीबार के के गरे ? ( फाेटाे फिचर )

नयाँ विकल्प

काठमाडाैं-भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मिति २०७७ कार्तिक १९ गते तीनदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे आज जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।

विहिबार बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए ।

उक्त अवसरमा उहाँले यसभन्दा अघि भ्रमणमा आउनु भएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा राेपे ।

प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र जनरल नरवणे बीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरीएको थियो । भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न  नेपाल भारत दुइ पक्षिय सैन्य सहयाेगका विषयमा भएकाे छलफलको निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरे ।

तस्विर स्राेतः नेपाली सेना

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २०, १४: १८

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २०, १४: १८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २०, १४: १८

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...