
नयाँ विकल्प
काठमाडाैं- अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले नेपाल विधुत प्राधिकरणका इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई १० लाख घुस सहित पक्राउ गरेकाे छ । जैसवाललाई अख्तियार काे स्टिङ अपरेशनकाे टाेलीले मकवानपुरको हेटौंडाबाट पक्राउ गरेकाे हाे ।
जैसवाल विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर रहेकाे अख्तियारले जनाएकाे छ । पक्राउ परेका जैसवाल नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर हुन् ।
उनले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट अख्तियारकाे टाेलिले नियन्त्रणमा लिएको जनाएको छ । इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...