मेलम्ची खानेपानीकाे ठेकेदार फरार प्रकरणः बैंक अफ काठमाण्डू र हिमालयन बैंकले डेढ अर्व बढीकाे मुद्दा जिते – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

मेलम्ची खानेपानीकाे ठेकेदार फरार प्रकरणः बैंक अफ काठमाण्डू र हिमालयन बैंकले डेढ अर्व बढीकाे मुद्दा जिते


नयाँ विकल्प,
काठमाडाैं- नेपालका बैङ्किङ कम्पनी बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा एक अर्ब ५६ करोड रूपैयाँको मुद्दा जितेका छन् ।

मेलम्ची खानेपानी परियोजनामा बैंक ग्यारेन्टी बसेबापत बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको ६६ करोड रूपैयाँ गरी एक अर्ब ५६ करोड रुपैयाँ आठ वर्षदेखि फसेको थियो । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनको अदालतमा रकम फिर्ताका लागि मुद्दा जारी राखेका थिए ।

अन्तर्राष्ट्रिय ठेक्काको पेश्की र ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दामा यी दुइ बैंककाे पक्षमा निर्णय भएकाे हाे । मेलम्ची खानेपानी परियोजनाको ठेक्का प्रकरणमा चाइना रेल्वे १५ ब्यूरो नामक चिनियाँ कन्स्ट्रकसन कम्पनीले फसाएको आराेप लगाइएकाे थियाे ।

०६५ चैतमा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ ठेकदारका लागि दुइ बैंक काउन्टर ग्यारेन्टी बसेका थिए । चाइना रेल्वे १५ ब्युरोले चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनबाट मेलम्ची खानेपानी आयोजनाको पर्फर्मेन्स ग्यारेन्टीको काउन्टर ल्याएको थियो ।

सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सरकारले ०६९ असोज ९ मा चाइना रेल्वेसँग ठेक्का तोडेपछ यी दुइ बैककाे ऋण नतिरि साे ठेकेदार कम्पनी भागेकाे थियाे ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २१, १३: ३२

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २१, १३: ३२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २१, १३: ३२

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...