नरवणे नेपाल हुँदा भारतीय सुरक्षा प्रमुख रावतले किन दिए सीमामा तनाव बढेको चेतावनी ? – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नरवणे नेपाल हुँदा भारतीय सुरक्षा प्रमुख रावतले किन दिए सीमामा तनाव बढेको चेतावनी ?

एजेन्सी,
नयाँ दिल्ली – भारतीय सेनाका पूर्व प्रमुख तथा चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले पूर्वी लद्धाखमा भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखामा स्थिति झन तनावपूर्ण रहेको चेतावनी दिएका छन् ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणमा हरेको बेला भारतीय सरकारका सुरक्षा प्रमुख रावतले लद्धाखमा भारतीय सैनिकमाथि चिनियाँ पिपुल्स लिबरेसन आर्मीको दुस्साहसको वदलामा अप्रत्यासित परिणामको सामना गर्नु पर्ने चेतावनी दिएका हुन् ।

रावतले भारतीय सुरक्षा निकायको पोजिसनमा कुनै सवाल नरहेको भन्दै वास्तविक नियन्त्रण रेखामा कुनै पनि किसिमको परिवर्तनलाई भारतले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने चेतावनी दिएका हुन् ।

भारतीय सेनाको स्थल, हवाई र जल सेनाको समन्वय गरिरहेका सुरक्षा प्रमुख पूर्वसेनाध्यक्ष रावतले दुवै देशबीच स्थिति तनावपूर्ण रहेको भन्दै सीमानामा जुनसुकै किसिमको सैन्य कारबाहीको अनुमति भने हाललाई नदिइएको स्पस्ट पारेका छन् ।

भारतको नेशनल डिफेन्स कलेजद्वारा शुक्रबार आयोजित एक वेबिनारमा भारत र चीनबीच गत ‘मे’ (वैशाख)देखि लद्धाखमा शुरु भएको गतिरोध हल गर्न सैन्य वार्ता भएको र जुन (जेठ) मा गलवान घाँटीमा चिनियाँ सेनाले शारिरीक भिडन्त गर्दा भारतीय सैनिक २० जनाको निधन भएको स्वीकारेका हुन् ।

रावतले चीनका सैनिकले गत अगस्तमा भारतीय सैनिकमाथि पैंगोंग त्यसो झीलसँगैको उच्च पहाडमा हवाई गोलीबारी भएको स्वीकार गरे ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ कार्तिक २१, १४: ००

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ कार्तिक २१, १४: ००

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ कार्तिक २१, १४: ००

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...