दाहालसहित बहुमत सचिवालय सदस्यद्वारा बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

दाहालसहित बहुमत सचिवालय सदस्यद्वारा बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय


नयाँ विकल्प,


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिबाद झनै बढेर गएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली प्रदेशका मुख्यमन्त्रीबिरुद्ध आएको अविश्वासको प्रस्तावका विषयलाई लिएर शुरु भएको बिबाद यतिवेल उत्कर्षमा पुगेको हो ।

दुई अध्यक्षबीच भएका अनौपचारिक बैठकले सहमतिको बाटो पहिल्याउन नसकेपछि कार्यकारी अध्यक्ष दाहालले शुक्रबार अर्का अध्यक्ष ओलीलाई दबाब दिने उदेश्यले पार्टी मुख्यालय धुम्वाराही बोलाएको बैठकमा बहुमत सचिवालय सदस्यले बैठक बोलाउन माग गर्ने निर्णय गरेका छन् ।

नेकपा सचिवालयका ९ जना सदस्यमध्ये बहुमत अर्थात पाँच सदस्य सहभागी बैठकले ओलीलाई सामूहिक रुपमा भेटेर औपचारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

अध्यक्ष दाहाल निककट भनिएका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने उपस्थित भएनन् । दाहालले डाकेको सचिवालयको सो बैठकमा अर्का अध्यक्ष ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल भने उपस्थित भएनन् ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकै सहमतिमा प्रचण्डले अनौपचारिक बैठक बोलाएको दाबी गरे । उनले पार्टीलाई विभाजन हुन नदिन ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको बताए ।

उनले अनौपचारिक बैठकले कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर अगाडि बढ्न सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने निष्कर्ष निकालिएको बताए ।

अध्यक्ष दाहालसहित ५ जना सचिवायल सदस्यले शनिबार अध्यक्ष ओलीलाई सहमतिको आधारमा बैठक छिटोभन्दा छिटो बस्न अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जनाए ।

पार्टीको संकटलाई सहमतिको आधारमा समाधान गर्न अहिलेसम्मको कामहरुको समीक्षा गर्दै पार्टीको निर्णयको कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नाका निम्ति आवश्यक कदमहरु चाल्न छिटो बैठक गर्न अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले बैठकपछि जनाए ।

प्रधानमन्त्री ओलीसँग बिहीबार बालुवाटारमा भएको छलफल तिक्ततापूर्ण भएपछि दाहालले आज शुक्रबार सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ कार्तिक २१, १८: २४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ कार्तिक २१, १८: २४

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ कार्तिक २१, १८: २४

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...