एसियन मुलकी कमला बनिन् अमेरिकामा पहिलो अश्वेत महिला उपराष्ट्रपति – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

एसियन मुलकी कमला बनिन् अमेरिकामा पहिलो अश्वेत महिला उपराष्ट्रपति


नयाँ विकल्प,


वाशिङ्टन – अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उनकी उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन्। कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन्।

इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्। राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो। क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।

अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ। अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप-राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्।

सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो । हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन्। त्यस्तै नवनिर्वाचित राष्ट्रपति बाइडेनले ट्वीट गरेर कमला ह्यारिसलाई उप(राष्ट्रपतिको उम्मेदावर चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा लेखेका थिए।

उनले कमलालाई ‘बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक’ भनेका थिए। बाइडेनले उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग कसरी काम गरेकी थिइन् भनेर स्मरण पनि गरेका थिए।

कमला को हुन् ?

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्। उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए। उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्। कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई ‘एक अमेरिकी’ भन्ने गर्छिन्। -बीबीसी

सम्बन्धित समाचार

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ कार्तिक २३, ०८: ३८

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...

पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
  • २०७७ कार्तिक २३, ०८: ३८

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...

प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
  • २०७७ कार्तिक २३, ०८: ३८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित...