म्यान्मारमा आज आमनिर्वाचन , सुकीको दलले नै जित्ने पूर्वानुमान – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

म्यान्मारमा आज आमनिर्वाचन , सुकीको दलले नै जित्ने पूर्वानुमान

नयाँ विकल्प

याङ्गुन – म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।

पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन भएको थियो । संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् ।

यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ । स्टेट काउन्सिलरका रुपमा सेवारत सुकी अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृका रुपमा हुनुहुन्छ । तर उहाँको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन ।

म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उहाँको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ । आमनिर्वाचनमा ५० लाख नयाँ मतदाता सहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् ।

यसपटक कोरोनाभाइरस र सुरक्षा त्रास पनि रहेकाले मतदानमा सबै सहभागी हुने सम्भावना कम छ । चुनाव प्रचारका काममा पनि कोरोनाभाइरसले समस्या पारेको थियो । पचहत्तर वर्ष पुगिसक्नु भएकी सुकीले राजधानी नेपिटअमा गत महिनाको अन्त्यतिर मतदान गरिसकेकी छन् ।

म्यान्मारमा ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई अग्रिम मतदान गर्ने व्यवस्था छ । देशको सबैभन्दा ठूलो राजधानी शहर याङ्गुनका मतदान स्थल बाहिर ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् । सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो ।

यस चुनावले देशको पाँच दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो । म्यान्मारको निर्वाचन आयोगले निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगले बताएको छ । यस चुनावलाई सुकी नेतृत्वको सरकारका लागि जनमतसंग्रहका रुपमा लिइएको छ ।

सम्बन्धित समाचार

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
  • २०७७ कार्तिक २३, १४: १२

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ कार्तिक २३, १४: १२

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
  • २०७७ कार्तिक २३, १४: १२

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...