बाँकेमा औद्योगिक ग्रामकाे निर्माण शुरु – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बाँकेमा औद्योगिक ग्रामकाे निर्माण शुरु

नयाँ विकल्प

काठमाडाैं- बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु ३१ करोड ३० लाख २१ हजार ४७३ को लागतमा औद्योगिक ग्राम निर्माण हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार, करीब २१ बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा प्राप्त रु ९२ लाखको लागतमा तारबार तथा चौकीदार भवन निर्माणकार्य भइरहेको छ । ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण भइरहेको औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेका छन् ।

जिल्लामै पहिलोपटक पालिकास्तरमा निर्माण शुरु भएको औद्योगिक ग्रामको लुम्बिनी प्रदेशसभा सदस्य आइपी खरेल, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले हालै अवलोकन समेत गरेका थिए ।

अवलोकनमा पुगेको टोलीलाई अध्यक्ष कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै तीन वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए । लगानी बोर्ड तथा मन्त्रालयको टोलीले औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको उनले बताए ।

औद्योगिक ग्राम निर्माणका क्रममा आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाएर अघि बढेको उनकाे भनाइ छ । रासस

सम्बन्धित समाचार

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७७ कार्तिक २३, १५: ४७

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ कार्तिक २३, १५: ४७

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७७ कार्तिक २३, १५: ४७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...