
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन कोभिड १९ को महामारीका कारण निर्धारित समयमा हुन नसक्ने भएकाले कार्यतालिका सारेर आयोजना गर्ने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई फरक गुटको नेतृत्व गर्दै आएका नेता रामचन्द्र पौडेलले अश्वीकार गरेका छन् ।
कहिले पार्टी केन्द्रीय कार्यालय सानेपा त कहिले सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको पार्टी पदाधिकारीको बैठकमा असन्तुष्ट नेता पौडेलसहित २७ केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको १६ बुँदे मागको विषयमा छलफल भइरहेको छ ।
पौडेल समूहले अघि सारेको माग पुरा गर्न नसकिने भन्दै सभापति देउवाले सहमतिमा महाधिवेशनको कार्यतालिका निर्धारण गर्ने र बाँकी रहेका केन्द्रीय विभागको गठन गर्न पस्ताव गरिरहेका छन् । तर, नेता पौडेलले भने महाधिवेशनको मिति सार्न नहुने र गठन भएका विभाग भंग गर्न माग गरिरहेका छन् ।
पौडेललाई बरु अन्य विभागको प्रमुखमा बस्ने केन्द्रीय सदस्य र विभागमा बस्ने सदस्यको नामावली दिन सुझाई रहेका छन् ।
पौडेलले सभापति देउवाले गठन गरेका विभागको भंग गर्नु पर्ने लगायतका १६ बुँदे मागमा सहमति भएपछि मात्र केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरिरहेका छन् । देउवाले पछिल्लो पटक पार्टीको बैठक सोमबारका लागि बोलाएका छन् ।
बुढानिलकण्ठस्थित देउवा निवासमा भएको पदाधिकारी बैठकमा पौडेल समूहको कठिन प्रस्तावबाट आजित भएका देउवाले केन्द्रीय कार्यसमिति बैठकमै छलफल गरी अघि बढ्न प्रस्ताव गरे ।
देउवाको प्रस्तावलाई बेवास्था गर्दै पौडेलले आफूहरुका मागमा सहमति नभएसम्म केन्द्रीय कार्य समिति बैठक बाेलाए सहभागी नहुने अडान राखे ।
पौडेलको अडान सुनेपछि चिडिएका देउवाले भने ‘मैले बैठक बोलाए के नआउने हो ?’
वुढानिलकण्ठ स्रोतका अनुसार पौडेल गुटको प्रस्तावबाट अजित भएका देउवाले पनि भनेका थिए ‘के मैले बोलाएको केन्द्रीय कार्यसमिति बैठक भाग नलिने भए मेरो नेतृत्वमा आयोजना हुने १४ औं महाधिवेशनमा पनि भाग नलिने हो ?’
देउवाको यस्तो कटाक्षपछि पदाधिकारी बैठकमा एकछिन सन्नाटा छाएको थियो ।सबैले एक अर्काकाे मुखामुख हेर्न थाले । उता नेता सिटौलाले भने ‘महाधिवेशनबाट निर्वाचित सभापति भएकाले जो भए पनि बैठक वा महधिवेशन बहिस्कार गरेर पार्टी बलियो हुँदैन, बैठकमै मत राख्नुपर्छ ।’
शनिवार भएकाे भेटघाटमा कुनै सहमती भने जुटन सकेकाे छैन् ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...