
नयाँ विकल्प
काठमाडाैं- नेपाल विद्युत प्राधिकरणकाे रिक्त कार्यकारी प्रमुखमा निमित्त प्रमुख नियुक्त गरिएकाे छ । प्राधिकरणमा कार्यरत हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बनेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका नातामा साला रहेकाे बताइएकाे छ ।
कुलमान घिसिङकाे कार्यकाल नथप्नुकाे मुख्य कारण यीनै हितेन्द्रदेव शाक्य लाइ कार्यकारी निर्देशकमा नियुक्ति गर्ने तयारी रहेकाे चर्चा पहिले पनि चलेकाे थियाे ।
ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। शाक्यले पद सम्हाल्ने कार्यक्रम रहेकाे छ ।
कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए।
अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन्।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...