ओलीलाई प्रचण्डकाे चेतावनीः सचिवालय बैठक डाक्ने वा परिस्थितिकाे सामना गर्ने ? – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

ओलीलाई प्रचण्डकाे चेतावनीः सचिवालय बैठक डाक्ने वा परिस्थितिकाे सामना गर्ने ?


नयाँ विकल्प
काठमाडाैं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे आन्तरिक विवाद चरम उत्कर्शमा पुगेका बेला दाेस्राे पुस्तका नेताहरूले विवाद समाधानकाे प्रयास पुनः सुरू गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल विचकाे टकराव पार्टी फुटकाे अवस्थामा पुगेकाे छ ।

यसै विचमा साेमबार महासचिव बिष्णु पाैंडेलले प्रचण्डलाइ भेटन उनकाे निवास खुमलटार पुगेका थिए । पार्टीमा देखिएकाे विवाद समाधानकालागि प्रधानमन्त्री ओलीको सन्देश लिएर पौडेल पुगे खुमलटार पुगेकाे स्राेतले बतायाे ।

खुमलटार पुगेका महासचिव पौडेलले पार्टी विधान अनुसार सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने जानकारी गराएका थिए ।प्रधानमन्त्रकाे सन्देश बाकेर आफ्नाे निवास आएका महासचिव विष्णु पाैंडेललाइ प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएकाले ओलीलीकाे सहमति विना सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार रहेकाे जवाफ पठाएका छन् ।

स्राेतका अनुसार प्रचण्डले पार्टी भित्र सहमति खलबल नहाेस भनेर मात्र ओलीलाई लिखित पत्र दिएको भन्दै ताेकिएकाे समयमा सचिवालय बैठक नबाेलाए आफुले एकल निर्णयबाटै बैठक बाेलाउने र त्यसपछि सिर्जना हुने अबस्थाकाे जिम्मेवारी प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले लिनुपर्ने चेतावनी सहितकाे सन्देश पठाएका थिए ।

प्रचण्डले बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउनु पर्ने बताए । गत शनिवार नेकपाकाे पार्टी कार्यालय धुम्बाराहिमा ओलीली इतर सचिवालय सदस्यहरू प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गर्दे ओलीलाई लिखित पत्र बुझाएका थिए।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ कार्तिक २४, १४: १७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ कार्तिक २४, १४: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक २४, १४: १७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...