जुम्लामा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

जुम्लामा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा

नयाँ विकल्प

खलंगा- जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ ।

गाउँपालिका अध्यक्ष न्यौपानेले भने “विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।” तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उनले जानकारी दिए ।

केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइ कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए । सो अस्पातलमा अहिले दुई नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

गत चैतदेखि १२ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन् । गाउँपालिकाभरी ८०० भन्दा बढीको पिसिआर परीक्षण गरिएको छ । गाउँपालिकामा ५० श्यायको आइसोलेसनसमेत स्थापना भएको छ । कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दासमेत मेडिकल अधिकृत भेटिएकाका छैनन् ।

यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन् । यहाँका हरेक गाउँपालिकामा पाँच श्यायको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन् ।

गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन् । उनीहरु अब सङ्क्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीयवासी लकं बुढाले जानकारी दिए ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ कार्तिक २४, १४: ५३

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ कार्तिक २४, १४: ५३

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ कार्तिक २४, १४: ५३

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...