राजधानीबाटै कांग्रेसको नेतृत्व हुनुपर्ने काठमाडौं कांग्रेसको दाबी – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

राजधानीबाटै कांग्रेसको नेतृत्व हुनुपर्ने काठमाडौं कांग्रेसको दाबी


नयाँ विकल्प,

काठमाडौं – नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी र नेतृत्वदायी भूमिका खेलेको काठमाडौं उपत्यकाका जनताको भावना प्रतिनिधित्व गर्न उपत्यकाबाटै पार्टीले नेतृत्व पाउनु पर्ने माग उठ्न थालेको छ ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको १०६ औं जन्मजयन्तिको अवरमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले कार्यसमिति कार्यलय परिषरमा आयोजित विशेष कार्यक्रममा जनप्रतिनिधि र जिल्लाका नेताहरुले यस्तो धारणा राखेका हुन् ।

काठमाडौं कांग्रेसका सभापति सबुज (कृष्ण) वानियाँको अध्यक्षतामा सोमबार दिउँसो पार्टीको जिल्ला कार्यालय ज्ञानेश्वरमा आयोजित कार्यक्रममा पार्टीको जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश सांसद तथा महानगर र नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।

कांग्रेस सभापति बानियाँले मुलुकमा भएका हरेक परिवर्तन र आन्दोलनको लागि ऐतिहासिक योगदान दिएको काठमाडौं कांग्रेस र त्याग तथा बलिदानका प्रतिमूर्ती स्वर्गीय गणेशमान सिंहको भूमिकाको मुल्याङ्कन गर्दै काठमाडौंले नै कांग्रेसको नेतृत्व पाउनु पर्ने धारणा राखे ।

स्वर्गीय गणेशमान सिंहको योगदान, त्याग र निष्ठाको कदर गर्न पनि पार्टीको नेतृत्वमा एक पटक काठमाडौं उपत्यकाकै नेताले नेतृत्व गर्न पाउनु पर्ने भन्दै वक्ताहरुले त्यसका लागि अभियान नै चाल्नु पर्ने धारणा अघि सारेका थिए ।

स्वर्गीय सिंहको जन्मजयन्तिकै अवसरमा सोमबार काठमाडौंको शोभा भगवतिस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरियो । कांग्रेसका पूर्वमहामन्त्री तथा सिंहका पुत्र प्रकाशमान सिंह, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशी, काठमाडौं कांग्रेसका सभापति वानियाँ लगायतले सिंहको सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

सिंहको जन्म जयन्तिको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा समेत माल्यार्पण कार्यक्रम गरिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ कार्तिक २४, १७: २०

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ कार्तिक २४, १७: २०

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ कार्तिक २४, १७: २०

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...