कोरोना विरूद्दकाे भ्याक्सिन खरिदकालागि सरकारले गठन गर्याे समिति – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

कोरोना विरूद्दकाे भ्याक्सिन खरिदकालागि सरकारले गठन गर्याे समिति


नयाँ विकल्प
काठमाडाैं- काेराेना भाइरस विरूद्दकाे खाेप आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको हाे ।

अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको छ। यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको मन्त्रीपरिषद् स्राेतले बतायाे ।

समितिलाई कोरोनाको भ्याक्सिन कहाँ बनेको छ खोज्ने र छिटो माध्यमबाट कसरी नेपाल ल्याउन सकिन्छ भन्ने प्रक्रियासमेत मिलाउने गरी जिम्मेवारी दिइएको छ। खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि सरकारको भनाइ छ। मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ। सरकारले कोरोना परीक्षण र उपचार पनि नि:शुल्क गर्ने भएको छ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ कार्तिक २५, ०९: ०५

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ कार्तिक २५, ०९: ०५

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ कार्तिक २५, ०९: ०५

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...