पुस्तकमा जस्तै विद्युतीय गाडीमा पनि भन्सार कर हटाउन थापाको माग – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

पुस्तकमा जस्तै विद्युतीय गाडीमा पनि भन्सार कर हटाउन थापाको माग


नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विद्युतीय सवारी (गाडी) मा लगाइएको भन्सार कर हटाउन माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले पुस्तकमा लगाईएको कर मन्त्रिपरिषद्को सोमबारको बैठकले हटाएकोमा धन्यवाद दिँदै सरकारलाई अब विद्युतबाट चल्ने सवारी (गाडी)मा बढाईएको भन्सार कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

थापाले लेखेकका छन् ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन । ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद । अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गर्दै बिद्युतीय गाडीको बिषयमा राप्रपा अध्यक्ष थापाले यसरी सम्झाएका हुन् । अध्यक्ष थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक २५, १४: ०४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक २५, १४: ०४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक २५, १४: ०४

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...