तीन महिनाको तयारीले कांग्रेसको महाधिवेसन फागुनमै हाेला ? – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

तीन महिनाको तयारीले कांग्रेसको महाधिवेसन फागुनमै हाेला ?


नयाँ विकल्प,
काठमाडौं – मुलुक संघीय संरचनामा बैधानिक रुपले परिवर्तीत भएको पाँच वर्षसम्म पनि नेपाली कांग्रेसले पार्टीको संगठनात्मक संरचनालाई सोही बमोजिम बनाउन सकेको छैन् ।

संघीय शासन प्रणाली व्यवहारिक रुपमा २०७२ असोज ३ गतेदेखि लागू भयो । कांग्रेसको १३ औं महाधिवेसन पनि ०७२ साल फागुनमा भयो । तत्कालिन अवस्थामा स्थानीय र तल्लो तहका सबै संगठनात्मक संरचना पुरानै ढाचाबाट निर्वाचित भएकाले महाधिवेसनमा संघीय संरचनाको स्वरुप आउन सकेन ।

तर, पार्टी नेतृत्वले पाँच वर्षसम्म पनि कांग्रेसले पुरानै संगठनात्मक संरचनाबाट आफूलाई क्रियाशिल गराउँदा र १४ महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि तयारी नहुँदा पार्टी संरचना भताभुङ्ग जस्तै छ ।

संघीय शासन प्रणाली अनुसार नेपाली कांग्रेसको संगठन निर्माणपछि मात्र पार्टीको महाधिवेसन सम्भव छ । तर पार्टी भित्रको गुटगत खिचातानी र स्वार्थले पार्टी विधान बमोजिमका ७ वटा तहको अधिवेशन गर्न मात्रै पनि कम्ती ५ महिना लाग्ने देखिन्छ ।

पार्टीका सात वटा तहको अधिवेशन गर्नुअघि पार्टीले पुरानो शैली र स्वरुपको संगठनात्मक ढाचा र संरचना तथा अन्य दलबाट आएका नेता कार्यकर्ताको समायोजन गर्न नै सकेको छैन । पार्टीको सिन्धुपाल्चोक, सप्तरी र वारा जिल्लामा अझै समायोजन कार्य टुंगिएको छैन ।

समायोजन सकिएपछि पार्टीको सदस्यता र क्रियासिल सदस्यता वितरण तथा नविकरण र त्यसमाथिको उजुरी, छानबिन र अन्तिम नामावली फाइनल गर्ने जस्ता आधारभूत तर झन्जटिला कार्य सम्पादको प्रक्रियामा पार्टी चलायमान भएको छैन् ।

पार्टीको गत असार २२ गते बसेको बैठकले पार्टीको १४ औं महाधिवेसन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । तर, महाधिवेसनअघि सम्पन्न गर्नु पर्ने सात वटा तहको अधिवेशन र समायोजन तथा सदस्यताको अन्तिम रुप दिने कार्य थाँती छन् ।

तीन वटा जिल्लाको समायोज प्रक्रिया सहमतिमा टुंगोमा पुगे पनि सदस्यता वितरण र नविकरण कांग्रेसको लागि महाभारत हुने देखिन्छ । सँधै सदस्यता वितरण र नविकरणको विषयलाई लिएर कांग्रेसमा महाधिवेसनअघि लफडा पर्ने गर्छ ।

महाधिवेशन प्रक्रियामा प्रवेश गर्न कांग्रेसले क्रियाशिल सदस्यको नाम टुंगो लगाएपछि मात्र देशभरका ६ हजार ४ सय ४३ वटा नगरपालिका वा गाउँ पालिकाका वडा अधिवेसन गर्नु पर्ने हुन्छ ।

त्यसपछि ४ सय ६० वटा गाउँपालिका, २ सय ७६ वटा नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरमा गाँउ र नगर अधिवेशन गर्नु पर्ने हुन्छ ।

वडा स्थानीय तहको अधिवेशनपछि तेश्रो तहको रुपम कांग्रेसले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रीय अधिवेशन, चौथो तहको रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रीय अधिवेशन, पाचौं तहमा जिल्ला अधिवेशन र छैठौं तहको रुपमा प्रदेश अधिवेसन गर्नु पर्ने हुन्छ ।

पार्टी केन्द्रीय कार्यसमिति सदस्यबीच पार्टी नेतृत्वले विभाग गठन गरेको र सदस्यता वितरण गरेको लगायतका विषयमा असहमति र विबाद उत्पन्न हुँदा नयाँ मिति घोषणा गर्ने विषय पनि बिबादको भूमरीमा रुमलिएको छ ।

शीर्ष नेताबीच सहमति भए पनि समायोजन प्रक्रिया सकाएसँगै सदस्यता नविकरण र वितरण कार्य सम्पनन्न गर्नु पर्छ । अघिल्लो केन्द्रीय कार्यसमितिले वडा, स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवशेन आगामी पुस ६, ८, ११ र १३ गते तोकेको थियो ।

त्यस्तै, निर्धारित समयमा पार्टीको महाधिवेसन गर्न जिल्ला अधिवेशन पुस १६ गते र प्रदेस अधिवेसन माघ ६ गते गर्नु पर्ने हुन्छ ।

कोभिड १९ को संकट र संक्रमणले गर्दा कांग्रेसका एक दर्जन बढी केन्द्रीय सदस्यहरु पार्टी केन्द्रीय कार्यसमितिको आगामी विहीबार बोलाइएको बैठकमा नआउने निश्चित छ ।

सभापति देउवा कोरोना संक्रमण र संकटलाई देखाएर आगामी फागुनका लागि तोकिएको महाधिवेसनको मिति सारेर आगामी भदौमा पुर्याउन चाहन्छन । तर, असन्तुष्ट नेता रामचन्द्र पौडेलले भने निर्धारित मित फागुनमै गर्नु पर्ने अडानमा छन् ।

निर्धारित समयमा कांग्रेसको महाधिवेसन सम्भव नभएपछि दलगत र गुटगत स्वार्थका कारण पार्टी केन्द्रीय सदस्यहरु कुनै पनि प्रतिक्रिया दिन चाहँदैनन् । पार्टीको महाधिवेसन र अन्य तहको अधिवेसनको कार्यतालिका संशोधन गर्ने जिम्मा पार्टीले महामन्त्रीहरुलाई दिएको छ ।

महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले भने आगामी जेठ भित्रमै महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाउन चाहि रहेका छन् । पार्टीको महाधिवेशन र अधिवेसनको कार्यतालिका कस्तो हुने भन्ने अन्तिम निर्णय भने बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्धारण गर्ने निश्चित छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ कार्तिक २५, १४: ५०

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ कार्तिक २५, १४: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक २५, १४: ५०

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...