ओलीको सहमति बिना नै प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper
नेकपा फुटकाे रिहर्सल

ओलीको सहमति बिना नै प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाउने सहमति नदिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले औपचारिक बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा अध्यक्ष दाहालले औपचारिक बैठक बोलाएका हुन् । अहिले ४ बजेका लागि अध्यक्ष दाहालले सचिवालयको औपचारिक बैठक बोलाएका हुन् ।

यसअघि प्रचण्डले ओलीकै सहमति बिना कात्तिक २० गते अनौपचारिक बैठक बोलाएका थिए । ओलीलाई सचिवालय बैठक बोलाउन बहुमत सचिवालय सदस्यले लिखित पत्र दिँदा समेत बैठक बोलाउन नमानेपछि प्रचण्डले आज बैठक बोलाएका हुन् ।

प्रचण्डले बोलाएको बैठकमा नेकपा बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

यसअघि धुम्बाराहीमा बसेको अनौपचारिक बैठक अनुपस्थित भएका ओली खेमाका ईश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा बादल आजको बैठकमा आएनन ।

सचिवालयका बहुमत सदस्यको उपस्थितिमा बैठक हुनुअघि कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर गएका थिए । भेटमा प्रचण्डले सचिवालय बैठक बस्न लागेको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक २५, १६: १८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक २५, १६: १८

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक २५, १६: १८

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...