
नयाँ विकल्प,
काठमाडाैं- गोरखामा दुई गाउँपालिकाबीच देखिएको भूकम्प इपिसेन्टर विवाद तत्कालका लागि मिलेको छ। २०७२ वैशाख १२ मा गएको भूकम्पको केन्द्र बारपाक रहे पनि हालै छिमेकी गाउँपालिका धार्चेले इपिसेन्टरको बोर्ड राखेर इपिसेन्टर साइकल ट्रेल उद्घाटन गरेपछि विवाद भएको थियो।
जिल्ला समन्वय समिति गोरखाले दुबै गाउँपालिकाका प्रतिनिधिहरू राखेर इपिसेन्टरलगायत विवाद अबदेखि नगर्ने भन्दै समाधान गरेको छ। इपिसेन्टर शब्दको प्रयोग धार्चेले गरेकोले त्यो सच्याउने निर्णय भएपछि विवाद सकिएको हो। पिसेन्टर शब्द प्रयोगमा धार्चेका तर्फबाट गल्ली भएकोले सच्याउने भएको छ। यस्तै बारपाकले धार्चे जाने सडकखण्ड अवरूद्ध गरेकोमा त्यो गल्ती गरेकोले अबदेखि सडक अवरूद्ध नगर्ने पनि सहमति भएको हो।
वनक्षेत्र तथा सीमाना विवादबारे पनि समाधान खोज्ने सहमति भएको छ। गत सोमबार सदरमुकाम बोलाएर दुई गाउँपालिकाका प्रतिनिधि राखेर जिससले समस्या हल गरेर जाने निर्णय गरेको हो। अब गण्डकी प्रदेशबाट अनुगमन टोली नै बोलाएर बारपाक तथा लाप्राकबीच देखा परेका सीमा विवाद दीर्घकालीन रूपमा नै हल गर्ने सहमति बनेको हो।
गत वर्ष पनि यी दुई गाउँबीच विवाद भएपछि जिससले मिलाएको थियो। इपिसेन्टरका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट बारपाकलाई नै तोकिएको तर धार्चेले आफ्नो क्षेत्रमा जमिन नै धसिएको र आगोको झिल्कोसमेत आएकोले त्यो नै इपिसेन्टर भएको दाबी गर्दै आएको थियो।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...