
नया विकल्प
काठमाडाैं- ‘काम कुराे एकातिर कुम्लाे बाेकी ठिमीतिर’ भने झैं नेकपा विवाद चरम उत्कर्षमा पुगेकाे बेला प्रधानमन्त्री केपी शर्मा ओली भने विभिन्न परियाेजना अनुगमनकाे नामामा पूर्वी नेपालकाे भ्रमणमा निस्केका छन् ।
पार्टीभित्र देखिएका बिबादलाइ समाधानका लागि बहुमत सचिवालय सदस्यले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाइ भाेली विहिबार पार्टीकाे सचिवालय बैठक बाेलाउन अल्टिमेटम दिएका छन् । पार्टीका शिर्ष नेताले विवाद समाधानकालागि निरन्तर प्रयास गरिरहेका बेला प्रधानमन्त्री भने संखुवासभा भ्रमणमा निस्केका छन् ।
पार्टी र सरकार सञ्चालन गर्दा पार्टी भित्र छलफल नगरेकाे, राजदुत नियुक्ती एकलाैटी गरेकाे र पार्टीकाे सहमति विपरित कर्णाली प्रदेश सरकार ढाल्न षडयन्त्र गरेकाे भन्दै ओली बिरूद्ध पार्टी र सरकार भित्र माेर्चाबन्दी भइरहेकाे छ ।
पार्टी र सरकारमा अल्पमतमा पर्दै गएका ओलीमाथी बहुमत सचिवालय सदस्यहरूले पटक पटक असहमती राख्दै विधिसम्बत पार्टी सञ्चालनकालागि लिखित अल्टिमेटम समेत दिँदै अाएपनि उनले त्यसकाे बेवास्ता गर्दै अाएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ओलीले बैठक बाेलाउन नमाने कार्यकारी अध्यक्षकाे हैसियतमा सचिवालय बैठक बाेलाउने चेतावनी दिएका छन् । नेकपाका एक नेताका अनुसार पछिल्लाे समय पार्टीमा दवाव बढदै गएपछि बैठक छल्न अाेली परियाेजना अनुगमनकाे नाममा पूर्वी नेपालकाे भ्रमणमा निस्केका हुन् ।
पार्टीकाे सचिवालयकाे बैठक छल्न ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्न पुगेका छन् ।
प्रधानमन्त्री नेपाली सेनाकाे हेलिकाेप्टर चढेर अनुमगनकाे नाममा जिल्ला बाहिर पुगेपछि पार्टी भित्र विवाद समाधानकालागि भैरहेका प्रयास राेकिएका छन् ।
२०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा अरूणा तेश्राे आयोजनाको उद्घाटन गरेका थिए । ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे अनुगमन गरेका थिए । ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश – १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख सहभागी छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...