
नयाँ विकल्प,
गाैर – रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ। गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्।
अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले जनाएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ। अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो। विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्। गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...