राष्ट्रपतिपछि प्रधानमन्त्रीकाे हेलिकाेप्टर माेह, बालुवाटारमा समेत तयार भयाे हेलिप्याड – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

राष्ट्रपतिपछि प्रधानमन्त्रीकाे हेलिकाेप्टर माेह, बालुवाटारमा समेत तयार भयाे हेलिप्याड


नयाँ विकल्प

काठमाडाैं – नेपाल प्रहरीकाे मुटु मानिने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाइ विस्थापन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने विषयकाे आलाेचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकाे निजी प्रयाेजनकालागि प्रधानन्त्रीकाे सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड बनाइएको छ।

प्रधानमन्त्री ओलीका लागि नागरिक उड्डयन प्राधिकरणकाे मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण कार्य केही दिनअघि सकिएको थियाे । बुधबार साेही हेलिप्याडकाे प्रयाेग गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाकाे एमआइ -१७ हेलिकाेप्टरबाट संखुवासभा पुगेका थिए ।

बालुवाटारमै हेलिप्याड बनेपछि प्रधानमन्त्री ओली बुधबार विमानस्थल नगई बालुवाटारबाटै हेलिकप्टर चढेका हुन्।

साँझ प्रधानमन्त्री ओली निवास फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै हेलिकाेप्टर अवतरण गरिएकाे थियाे। काठमाडाैं उपत्यकामा भिभिआइपीकाे सवारीका कारण पटक पटक सर्वसाधारणले सास्ती पाइरहेका बेला राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण आफैमा सकारात्मक कार्य हाे ।

स्वास्थ्य संकटकाे अवस्थामा जनतालाइ राहत दिनुभन्दा आफ्नै सुविधानकाे लागि मात्र चिन्तित रहेकाे भन्दै देशकाे कार्यकारी प्रमुख र राष्ट्रप्रमुख केवल आफ्नै सुविधाभाेगमा लागिपरेकाेमा चाैतर्फि आलाेचना भइरहेकाे छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक २७, १३: ०७

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक २७, १३: ०७

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक २७, १३: ०७

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...